मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सातवटै प्रदेशमा वर्षाको सम्भावना, चिसोबाट बच्न आग्रह

सातवटै प्रदेशमा वर्षाको सम्भावना, चिसोबाट बच्न आग्रह


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७८, बुधबार

काठमाडौं/ देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने भएको छ । आज बिहान सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू(भागमा आंशिक बदली रहने छ । पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपात हुने विभागले जनाएको छ ।

हिमपात र वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->