काठमाडौं/राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा ५ दलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसकी दुर्गा गुरुङ २ हजार ९ सय ७०, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहरा ३ हजार ६ र नेकपा माओवादीका नरबहादुर विष्ट ३ हजार ६ मतभार ल्याउँदै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
कर्णालीमा नेकपा एमालेका तीनैजना उम्मेदवारले समान १४१६ मतभार प्राप्त गरेका छन् ।





