शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गण्डकीबाट सत्ता गठबन्धनका सवै उम्मेदवार विजयी

गण्डकीबाट सत्ता गठबन्धनका सवै उम्मेदवार विजयी


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७८, बुधबार
सत्ता गठबन्धनका उमेद्वारहरु ।

पोखरा, १२ माघ – राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका सवै उम्मेदवारहरु विजयी भएका छन् ।

बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) गरी ५ दलीय गठबन्धनबाट उनीहरु उम्मेदवार बनेका थिए ।

पन्तलाई स्थानीय तहबाट ९४ मत (१६९२ मतभार) र प्रदेशसभा सदस्यबाट २९ मत (१३९२ मतभार) प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहबाट ७४ मत (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाइन् ।

यसैगरी दलित कोटातर्फ भुवनबहादुर सुनारले स्थानीय तहबाट ९१ मत (१६३८ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहको ७४ (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए ।

यस्तै अन्य कोटाबाट सुरेश आलेमगरले स्थानीय तहबाट ९२ मत (१६५६ मतभार) र प्रदेशसभा सदस्यको ३० मत (१४४०मतभार) पाए । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहको ७५ (१३५० मतभार) र प्रदेशसभा सदस्यको २८ मत (१३४४ मतभार) पाए ।

तीनैजना गठबन्धनका उम्मेदवार विजयी भए पनि गठबन्धनका केही मत एमालेलाई गएको प्रस्ट भएको छ ।

गठबन्धनमा कांगेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जसपाका २/२ जना र एकजना स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) गरी ३२ सांसद भए पनि गठबन्धन र एमालेका महिला र दलिततर्फका उम्मेदवारले २९/२९ मत ल्याए । एमालेका २७ सांसद भए पनि महिला र दलिततर्फ २/२ र अन्यमा १ मत बढी ल्याए ।

यसैगरी स्थानीय तहतर्फ पनि गठबन्धनसँग ९९ जनप्रतिनिधि रहेकोमा ५ जनाले मत क्रस गरेका छन् । एमालेका ६९ जनप्रतिनिधि रहेकोमा अन्यमा ६ र दलित तथा महिलामा ५ मत बढेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->