शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

गलकोटमा करेन्ट लागेर युवाको मृत्यु

गलकोटमा करेन्ट लागेर युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७८, बिहिबार

बागलुङ/ गलकोटस्थित हरिचौर सबस्टेशनको विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।
बिद्युत पोलमा काम गरिरहेको बेला गलकोट नगरपालिका वडा नं. ६ ठूलाथरमा २७ वर्षिय डम्बर थापालाई बिहिबार दिउँसो करेन्ट लागेको हो । करेन्ट लागेका युवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताराखोला गाउँपालिका वडा नंं ४ घर भई गलकोट नगरपालिका वडा नं. ५ बस्ने थापा केही समयदेखि गलकोटमै काम गरिरहेका थिए । घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी गलकोटका प्रमुख अर्जुनबम मल्लले जानकारी दिए । केही समयदेखि हरिचौर सबस्टेशनको लाइन मर्मत गर्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->