नवलपुर/ नवलपुरमा गैडाको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ । कावासोती नगरपालिका– १४ का ५२ बर्षिय खोरबहादुर मुसहरको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
शनिवार नारायणी नदीमा माछा मार्न गएका मुसहर घर नफर्केपछि आज खोजतलास गर्दा कावासोती १५ स्थित नारायणी नदीको प्रोजेक्ट घाटमा मृतावस्थामा फेला परेको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जनाए ।





