बागलुङ/ अन्तर्राष्ट्रिय बिहुकोट बिकास मञ्चको प्रथम साधारण सभा मंगलबार भर्चुअल माध्यामबाट सम्पन्न भएको छ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँबाट विभिन्न कामको सिलसिलामा बिदेशमा रहेका बिहुँुकोटेहरुले स्थापना गरेको मञ्चले आफ्नो पहिलो साधारण सभा गरेको हो ।
बिहुकोटमा छोटो समयमा नै सामाजिक विकास तथा आर्थिक सहयोग गरेको संस्थाले देश तथा विदेशमा रहेका बिहुँकोटेहरुको साझा मञ्च बनाएर काम गरिरहेको छ । प्रथम साधारण सभालाई सम्बोधन गर्दै मञ्चका तर्फबाट रामप्रसाद कँडेलले सामाजिक विकासका कामका लागि एकता आवश्यक रहेको बताए । वरिष्ठ इञ्जिनियर खिमानन्द कँडेलले बिहुकोटमा भौतिक पुर्बाधारहरु निर्माणमा र विभिन्न सामाजिक सहयोगका क्षेत्रमा मञ्चको उपस्थिती प्रसंसनीय रहेको बताए ।
साधारण सभालाई बिहुकोट बिकास मञ्चका अध्यक्ष हिरालाल कँडेल, बिहुकोट बिकास मञ्च नवलपुरका अध्यक्ष दिनानाथ कँडेल, गोविन्द कँडेल, माया कँडेल, कमल कँडेललगायतले सम्बोधन गरेका थिए । उनीहरुले मातृभूमिको विकासका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताए । संस्थाका कोषाध्यक्ष मेघनाथ कँडेलले आर्थिक प्रतिवेदन पेश गर्दै हाल सम्म विभिन्न पीडित तथा रोगीका उपचार खर्च, प्रतीक्षालय निर्माण, कोभिड–१९ महामारीमा सहयोग, वडा कार्यालय निर्माणमा सहयोग, तिज प्रतियोगिता लगायत अन्य धेरै कार्यक्रमहरु संचालन गरि १२ लाख ६५ हजार ६१ रुपैया खर्च भएको बताए । हालसम्म आजीवन सदस्य तथा विभिन्न अन्तर्राष्ट्रिय रुपमा भएको सहयोग बापत खातामा २० लाख ७५ हजार ८५५ रुपैया, प्रमानन्द स्मृति राहत कोषको १० लाख ५१ हजार (बोल रकम) र अन्य अन्तर्राष्ट्रिय रुपमा उठेको रकम गरि जम्मा ४५ लाख ७१ हजार ७९९ रुपैयाँ आम्दानी रहेको उनले बताए ।
महासचिव पशुपति कँडेलले हाल सम्म ७ सय २४ जना आजिबन सदस्य रहेको बताए ।उनले परमानन्द स्मृति राहत कोष सधैँको लागि राखेर विभिन्न आपत बिपतमा समेत प्रयोग गरिने बताए ।
सचिब केशव रिजालको सञ्चालनामा भएको कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय बिहुकोट विकास मंचका उपाध्यक्ष देबराज कँडेल तथा प्रमुख अतिथित्यता बयोवृद्ध खगराज कँडेलले रहेका थिए ।





