
वडिगाड/ बागलुङको बडिगाड गाउँपालिकाका अधिकांश वडामा हिमपात भएको छ । बिहिबारदेखि परेको अबिरल वर्षासगै शनिबार बिहानसम्म हिमपात भएको हो । हिमपातले बडिगाडका स्थानियको जनजिवन कष्टकर बनेको छ । यस वर्ष बडिगाडमा अहिले दोस्रो पटक हिमपात भएको हो ।
हिमपातले सबैभन्दा बढि बडिगाड १० र ८ वडामा प्रभाव पारेको छ । वडा अध्यक्षले दिएको जानकारी अनुशार वडाका प्राय सबै स्थानमा हिमपात भएको हो ।
“हिमपातले स्थानिय घरभित्र नै सिमित छन, यो हिमपात अहिले सम्म कै भारी हो ।” बडिगाड १० का वडा अध्यक्ष विरेन्द्र बुढाले भने “वडाको शिर नेपाने धुरी, बल्दलेधुरी देखि वडा कार्यालय दर्लिङ सम्मै हिमपात भएको छ, सडक संजाल अबरुद्ध छ । राम्रो संग घाम नलागे सम्म सडक संचालन गर्न कठिन छ ।”
यस्तै बडिगाड ८ को रंणसिंहकिटेनीको सबै स्थानमा हिमपात भएको छ । नेटाखर्क, खोलाखर्क सहित वडाभर नै हिमपात भएको र स्थानियलाई घर बाहिरको काम गर्न समेत कठिन भएको वडा अध्यक्ष यम बहादुर श्रीसले बताए ।
लगातारको वर्षाको कारण बडिगाड १ को नैटुल, हमेल दुर्लिङ, वडा नं. ३ सिसाखानी र वडा नं. १ तुम्डाँडाको सिमाना गरौङचौर सहित देविढोकामा पनि हिमपात भईरहेको सिसाखानीका स्थानिय तिलक मगरले जानकारी दिए ।
यस्तै वडा नं. ४ जलजगलाको लौगाधुरी, वडा नं. ५ ग्वालिचौरको सिमाक, चित्राङ, दागको उपल्लो भेगमा समेत हिमपात भईरेहेको वडा अध्यक्ष अर्जुन कार्किले सुनाए । पालिकाको वडा नं. ७ भिमगिठेमा पनि हिमपात भएको छ । वडा अध्यक्ष कृष्ण गुरुङका अनुशार वडाको थामचौर, असारे, माझखर्क, जेल, पात्ले, नैलाखर्क, गोठान, चि त्राम लगाएत २ सय मिटर तल सम्म हिमपात भएको हो ।
उता बडिगाड गाँउपालिकाको वडा नं. ९ दर्लिङ खोलामा पनि हिमपात भएको छ । हिमपातको कारण त्यहाँको पनि जनजिवन पनि कष्टकर बनेको वडा अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए । उनका अनुशार वडाको भकारे धुरी, खहरे धुरी लगाएतका केहि तल सम्म हिमपात भएको हो ।
हिमपातका कारण कृषकले लगाएको मकै बालिमा क्षति पुगेको समेत बडिगाडका वडा अध्यक्षहरुले जानकारी दिएका छनभने तोरी र गहु वाली लगाएका कृषकलाई भने फाईदा पुगेको छ ।





