बागलुङ/प्रेस चौतारी नेपाल, बागलुङ शाखाले २४ औं स्थापना दिवसको अवसरमा बागलुङको शहिद पार्कमा फोहोर व्यवस्थापनका लागि ‘डस्बिन’ बितरण गरेको छ ।
बागलुङ नगरपालिका–१ बाङ्गेचौर स्थित शहिद पार्कको फोहोर व्यवस्थापनका लागि चौतारीले पाँच थान ‘डस्बिन’ बितरण गरेर व्यवस्थापन गरेको हो ।
संसारकै लामो दाबी गरिएको झोलुंगेपुल ‘गण्डकी स्वर्ण झुला’ आसपासमा रहेको पार्कमा फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना दिवसको अवसरमा‘डस्बिन’ बितरण गरिएको अध्यक्ष नविन शिशिरले बताए । चौतारीका केन्द्रीय सल्लाहकार रामबहादुर जिसीले नगरपालिकाको पार्क व्यवस्थापनका कर्मचारीलाई डस्टबिन हस्तान्तरण गरे ।
पार्कको सरसफाइमा सहयोग पु¥याउनका लागि डस्बिन व्यवस्थापन गरिएको थियो । कार्याक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार राम बहादुर जिसीले शहिद पार्कलाई नगरपालिकाले पुन व्यवस्थित बनाउनमा समेत श्रमजीवी पत्रकारहरुको भूमिका रहेको बताए । शहिद पार्कलाई हराभरा र फोहोर मैला मुक्त बनाउन पनि अबन गरपालिकाले काम गर्नुपर्ने उनले सुझाव दिए ।
सांकेतिक रुपमा सरोकारवालालाई जिम्मेबार बनाउने, सामाजिक उत्तरदायीत्व पुरा गर्ने र आफ्नो स्थापना दिवसलाई रचनात्मक बनाउनका लागि ‘डस्बिन’ व्यवस्थापन गरेको अध्यक्ष शिशिरले बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तारानाथ आचार्य, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष राम थापा, पत्रकार महासंघ बागलुङका सचिव विजय राना, प्रेस युनियन बागलुङका सचिव नारायण रिजाल, नेपाल आदीवासी जनजाती पत्रकार महासंघ बागलुङका सचिव डम्मर बुढामगरले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष नविन शिशिर विकको अध्यक्षता, कोषाध्यक्ष खेमराज गौतमको स्वागत तथा उपाध्यक्ष सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।





