बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उद्यानलाई कंक्रीड बनाउन रोक्दै रिट

उद्यानलाई कंक्रीड बनाउन रोक्दै रिट


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७८, सोमबार

बागलुङ/ बागलुङ नगरपालिकाले निर्माण गरिरहेको विरेन्द्र ऐश्वर्य पार्कको प्राकृतिक र ऐतिहासिक पक्ष बिगारेर कंक्रीडको बनाउन लागिएको भन्दै नगरपालिका बिरुद्ध मुद्दा परेको छ ।
बागलुङ नगरपालिका वडा नं. १ का टेकबहादुर सार्कीले नगरपालिका, नगरप्रमुख र जिल्ला प्रशासन कार्यालयबिरुद्ध प्रतिषेध सहितको निषेधाज्ञा माग गर्दै उच्च अदालत बागलुङमा रिट निवेदन दिएका हुन् ।

स्थानीय समुदायमा आधारित मौलिक कला संस्कृति र सभ्यताको जनआस्था बोकेको बीरेन्द्र ऐश्वर्य उद्यान राष्ट्रिय सम्पदा भएको भन्दै यसको संरक्षण गर्ने दायित्व बोकेको नगरपालिकाले बिगार्ने, भत्काउने र नष्ट गर्ने काम गरेको भन्दै तत्काल काम रोक्न र पुरानै (हरियाली अबस्थाको) पार्क बनाउन निवेदनमा माग गरिएको छ ।

उक्त उद्यान निर्माणको क्रममा गरिएका क्रियाकलाप नेपालको संविधानको धारा १४४ बमोजिम सार्वजनिक सरोकारको बिषय भएकोले मुलुकी देवानी कार्यविधि संहिताको दफा ९१ ब्मोजिम काम रोक्न निवेदन दिएको उल्लेख छ । निवेदकका साथ अधिवक्ता बद्रीप्रसाद शर्माले गरेको प्रारम्भिक बहसपछि उच्च अदालत बागलुङका न्यायाधिस श्रीकान्त पौडेलको एकल इजलासले आगामी माघ २६ गते संयुक्त छलफलका लागि सरोकारवालालाई झिकाउने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->