बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा विद्युतिय राहदानी फाराम संकलन सुरु

बागलुङमा विद्युतिय राहदानी फाराम संकलन सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ४ २०७८, बुधबार

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लामा पहिलोपटक विद्युतिय राहदानी (ई–पासपोर्ट)को फाराम संकलन गर्न सुरु गरेको छ । एक महिनादेखि बन्द रहेको राहदानी बनाउने काम सुरु गरेको प्रशासनले विद्युतिय राहदानीका लागि फाराम संकलन गर्न सुरु गरेको हो ।

मंसिर १ गतेदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को फाराम संकलन कार्य स्थगित गरिएको थियो । मंसिर १५ गतेसम्मको लागि भनेर स्थगित राहदानी फाराम संकलन कार्य ई–पासपोर्टको फाराम संकलन प्रविधि जडान गर्न ढिला हुँदा एक महिना लागेको हो ।
अब नियमित रुपमा फाराम संकलन गरी विभागको स्टिममा अपलोड हुने जिल्ला प्रशासन कार्यालय राहदानी शाखाका प्रमुख नायव सुब्बा तेजराज गौतमले जानकारी दिए । एमआरपी दैनिक २०/२५ फाराम संकलन भएपनि ई–पासपोर्टको संख्या त्यही मात्रामा गर्न कठिन हुने उनको भनाई छ । नयाँ प्रविधि भएको हुँदा सुरुका केही महिनामा लक्ष्य अनुसारको फाराम संकलनमा कठिन भएपछि अभ्यास्तै हुँदै गएपछि पुरानै संख्यामा फाराम संकलन हुनेछ ।

विद्युतिय राहदानीका लागि राष्ट्रिय परचय पत्र नम्बर अनिवार्य गरिएको छ । राहदानी सुरक्षित र व्यक्तिको सम्पूर्ण विवरण हुनेगरी तयार पारिएको छ । सरकारले मंसिर १ गतेदेखि ई–पासपोर्ट लागु भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । मंसिर २८ गतेदेखि पूर्णरुपमा एमआरपी वितरण बन्द भएको छ । एमआरपी राहदानीलाई प्रतिस्थापन गर्दै सरकारले विद्युतिय राहदानी प्रचलनमा ल्याएको हो ।
प्रशासन कार्यालयबाट अनलाईन फर्म भर्ने र कागजातहरु सिस्टमा अपलोड गर्नुपर्ने हुन्छ । ई–पासपोटको लागि आवेदन पेश भएको १५ दिनभित्र विद्युतिय पासपोर्ट प्राप्त नायव सुब्बा गौतमको भनाई छ । राहदानी विभागका अनुसार हालको राहदानीमा भएका कुराका अतिरिक्त विद्युतिय राहदानीमा विद्युतिय चिप र एन्टेनासमेत जडा गरिएको छ ।

चिपमा औँठाछाप, तस्विर लगायतका व्यक्तिगत वितरण समावेश गरिएको छ । सुरक्षाको दृष्टिले पनि यो राहदानी पक्का हुन्छ । राहदानीमा समावेश विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैनन् । विद्युतिय र मेशिन रिडेबल राहदानीको दस्तुर एउटै छ । विभागमा पहिले एक दिने, दुई दिने र तीन दिने सेवा भएकोमा हाल संशोधित राहदानी मियमावली अनुसार दुई दिनभित्र जारी हुने गरी काम गरिएको छ ।
दुई कार्य दिनमा तयार हुने राहदानीलाई १२ हजार रुपैयाँ दस्तुर तोकिएको छ । जिल्ला प्रशासनमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि ५ हजार र ६६ पृष्ठको राहदानीलाई १० हजार राजश्व लाग्ने प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माको भनाई छ । हराएको, च्यातिएको र १० बर्षभन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->