बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पल शाह विरुद्ध प्रहरीमा उजुरी, पक्राउ गर्ने तयारी

पल शाह विरुद्ध प्रहरीमा उजुरी, पक्राउ गर्ने तयारी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७८, बुधबार

१६ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै नायक पल शाह विरुद्ध तनहुँ प्रहरीमा उजुरी परेको छ ।

चर्चित एक बालिका गायिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीमा जाहेरीपछी पल शाह विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ ।

शाह विरुद्ध तनहुँ शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडाका प्रदिप थापाका घरमा अन्तिम पटक करणी गरेको भन्दै गायिकाको बुबाले जाहेरीमा उल्लेख गरेका छन् ।

पल शाहा र १६ वर्षे गायिका बिच प्रेम सम्बन्ध रहँदै आएको थियो । तर, पलले उनलाई वेवास्ता गरेपछि विवाद चर्किएको थियो ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ ।

१६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० वर्ष देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->