बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जिल्ला शान्त रहनेछ : प्रहरी उपरीक्षक ज्ञवाली

जिल्ला शान्त रहनेछ : प्रहरी उपरीक्षक ज्ञवाली


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०७८, शनिबार

बागलुङ/ केही दिनअघि जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न आफू सधैं तयार रहेको बताएका छन् ।
शुक्रबार पत्रकारहरुसँग भेटघाट गर्दै ज्ञवालीले कानुनले बर्जित गरेका काम कारवाही रोक्न नागरिक र प्रहरीको उत्तीकै दायित्व रहेको बताए । सूचनाको बलियो स्रोत नागरिकनै भएको उदाहरणहरु दिँदै उनले हरेक घटनामा प्रहरी दोषीको नजिक पुग्न नागरिकको साथ चाहिने बताए । उनले प्रहरीको अधिकार क्षेत्र बाहिरका घटनाहरुमा समेत प्रहरीप्रति प्रस्न उठ्ने गरेको टिप्पणी गरे । आसन्न निर्वाचनको सवालमा जिल्ला प्रहरी कार्यालय सबै हिसाबले तयार रहेको भन्दै ज्ञवालीले हेडक्वाटरले दिने निर्देशनका आधारमा गतिविधि अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->