बागलुङ/ विद्यामन्दिर माध्यमिक विद्यालयले पूर्व अध्यक्ष विदुर खड्का, पूर्व शिक्षक तथा चन्दादाता सूर्य प्रसाद मलेपति (मिलन गुरु) र देवेन्द्रराज अधिकारी स्मृति कोषका संरक्षक कमला अभिकारीको स्मृतिमा शुक्रबार शोक शभा गरेको छ ।
शोकसभामा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्यले उहाँहरुको योगदान सधै स्मरणिय रहने बताए । शाक्यले स्व.विदुर खड्का, स्व. मिलन गुरु र स्व.कमला अधिकारीको योगदानको चर्चा गर्दै उनीहरुले विद्यालयको बिकासमा गरेका योगदानको सम्झना समेत गरे ।
कार्यक्रममा पूर्व विद्यार्थी, पूर्व वि.व्य.स.का अध्यक्ष, तथा चन्ददाता लालचन्द्र राजभण्डारी, समाजसेवी देव बहादुर श्रेष्ठ, देवेन्द्र अधिकारी कोषका प्रतिनिधी भिमा अधिकारी, मिलन गुरु परिवारको तर्फवाट राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादव प्रसाद रेग्मीले शोक मन्तव्य व्यक्त गरे । कार्यक्रममा मिलन गुरु परिवारहरुवाट विद्यालय भित्र रहेको मिलन गुरु विज्ञान प्रयोगशाला निरिक्षण गरेकाथिए । उनीहरुले सो प्रयोगशाला मिलन गुरु बाट प्राप्त भएको १६,६५,५५५।– लागतमा निर्माण भएको थियो । शाक्यको अध्यक्षता र प्रद्यानाध्यापक शान्तमणि ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





