बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले ८१ थान एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषध लुकाईराखेको सूचनाको आधारमा खोजी गर्दा बागलुङ नगरपालिका–४ का अबिनाश बोहराको घरबाट लागुऔषध बरामद गरेको हो ।
बोहराको हातमा एक थान लागुऔषध देखेपछि खोजतलास गर्दा ८१ थान एम्पुल लागुऔषध घरमा लुकाईराखेको अबस्थामा फेला परेको प्रहरी निरीक्षक बिजय भण्डारीले बताए । बोहराको साथबाट २७ थान नुरफिन, २७ थान डाइजापाम र २७ थान फेनारगन बरामद भएको उनले बताए ।

बोहरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ‘उसँग जोडिएका धेरै हुनसक्छन्, के कसरी उसको घरसम्म आईपुग्यो भन्नेबारे खोजी भैरहेको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->