बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

साढे ३ घण्टापछि नियन्त्रणमा आयो दमौलीमा भएको आगलागी

साढे ३ घण्टापछि नियन्त्रणमा आयो दमौलीमा भएको आगलागी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७८, आइतबार

तनहुँ – जिल्लाको सदरमुकाम दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको थियो । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली आएर पानी खन्यापछि आगलागी नियन्त्रणमा आएको हो ।

आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ-पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो ।

दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन । हार्डवेयर पसलसँगै आसपासका चारवटा घरमा पनि क्षति पुगेको छ । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->