बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महिला दिवसमा छात्राहरुलाई आत्मरक्षा तालिम

महिला दिवसमा छात्राहरुलाई आत्मरक्षा तालिम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७८, मंगलबार

बागलुङ/ अन्तराष्ट्रिय महिला दिवशको अबसरमा लायन्स क्लब अफ बागलुङ सिटीको आयोजना र नेपाल गोजुरियो कराते दो संघ तथा सनराइन आवासिय माबिको संयोजनमा बिद्यालय तहका छात्राकालागि आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

तालिममा बागलुङ बजार क्षेत्रका विभिन्न सामुदायिक र संस्थागत बिद्यालयमा पढ्ने १ सय जना किसोरीकालागि आत्मरक्षा तालिम दिइएको हो । तालिममा किसोरीमाथी कुनै हातपात हुने अबस्था भएमा उनीहरुले उक्त सीप मार्फत आत्मरक्षा गर्न सक्ने बनाइएको प्रशिक्षक पुष्पा क्षेत्रीले बताइन् । तालिममा क्षेत्री र रुद्र रेग्मीले प्रशिक्षण दिएको सनराइज माबिका प्रअ चन्द्रबहादुर क्षेत्रीले बताए ।

तालिम उद्घाटनको अबसरमा लायन्स क्लब अफ बागलुङ सिटीकी चार्टर प्रेसिडेन्ट पार्वती अधिकारी, रिजन चियरपर्सन गोबिन्द पौडेल, जोन चियर पर्सन अनुप रिजाल, डिस्ट्रक सल्लाहकार कविता बस्नेत, पिआरओ रमा घिमिरे, सनराइज आमाबिका प्रिन्सिपल चन्द्रबहादुर क्षेत्रीले छात्राको सुरक्षा तालिम अत्यावस्यक भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->