बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शिक्षक क्षमता विकास गर्न हाजिरीजवाफ

शिक्षक क्षमता विकास गर्न हाजिरीजवाफ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७८, बुधबार

बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको महिला विभागले आयोजना गरेको विद्यालय स्तरीय शिक्षक क्षमता विकास हाजिरीजवाफ प्रतियोगितामा धवलागिरी बिरेन्द्र माध्यमिक विद्यालय बागलुङ प्रथम भएको छ ।
११२ औं अन्तराष्ट्रिय नारी दिवस तथा श्रमिक महिला दिवसका अवसरमा बिभागले बिद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बौडेचौर मावि द्वितिय र मालिका आधारभुत विद्यालय तृतिय भएका छन् ।

उनीहरुले क्रमश ६ हजार, ४ हजार ५ सय र ३ हजार रुपैयाँ पुरस्कार पाएका छन् । आठ विद्यालयका शिक्षक सहभागि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य सावित्रा रानाले महिलाहरुको विकासमा शिक्षामा पहुँच बिस्तार गर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा राष्ट्रिय शिक्षक संगनका पूर्व केन्द्रिय सदस्य टिकाराम सापकोटा, नेकपा एमालेका उपसचिव गणेश थापा, राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गंगादेवि शर्मा, सचिव कृष्ण भट्टराई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याय, बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेल, पूर्वशिक्षक अनन्त खड्का, शिक्षक गोविन्द भण्डारीलगायतले बोलेका थिए ।
महिला बिभागका प्रमुख इन्द्रा खड्काको अध्यक्षता, लक्ष्मी बिकको स्वागत र शान्ति ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->