बागलुङ/अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर गलकोटमा आयोजित महिला किसानको फसल र उद्यमीका उत्पादनको प्रद्र्धशनीमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको छ ।
महिला किसानले उत्पादन गरेका कृषि फसल ल्याएर आफ्नो सीपको परिचय दिएका थिए । कृषि र उद्यमी समूहमा एक प्रर्दशनीमा प्रगती एकीकृत कृषि तथा पशुपालन समूह प्रथम, लगनशिल अर्गानिक कृषक समूह द्वितिय र लंगुरे महिला कृषक समूह तृतिय भएका थिए ।
त्यस्तै महिला उद्यमी प्रर्दशनीमा सिर्जना लघुउद्यम समूह प्रथम, छितिज डलकुसन समूह द्वितिय र सिर्जनशिल लघु उद्यम समूह तृतिय भएको गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जानकारी दिइन् ।
उत्कृष्ट ठहरिएका महिला किसानलाई गण्डकी प्रदेशका शिक्षा संस्कृति, बिज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेषलाल श्रेष्ठले पुरस्कार प्रदान गरे । पुरस्कार वितरणपछि बोल्दै मन्त्री श्रेष्ठले उद्यमीलाई प्रोत्साहनका लागि बजारीकरणमा साथ दिनुपर्ने बताएका थिए ।
केही समयअघि नगरपालिकाले उपप्रमुख महिला उद्यम दायित्व कार्यक्रम पनि संचालन गरेको छ । उक्त कार्यक्रममा नगरभरका २० जना उद्यमी महिला किसानलाई पुरस्कृत गरिएको थियो ।





