बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङको पैञ्युपाटामा सहभोज

बागलुङको पैञ्युपाटामा सहभोज


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७८, शनिबार

बागलुङ/जातिय विभेद अन्त्यका लागि बागलुङको बलेवामा सहभोज गरिएको छ । २१ औं शताब्दीमा मानव मानवका बीचमा विभेद रहेको भन्दै त्यसको अन्त्यका लागि बागलुङ नगरपालिका–१३ को पैञ्युपाटामा सहयोज गरिएको हो ।
जनता पार्टी निकट युवाहरुको संगठन ब्ल्याक फोर्सले सहभोजको आयोजना गरेको हो । सहभोजमा पार्टीका केन्द्रीय सभापति तिलक रिजालले मानवबीचमा गरिने जातीय विभेद समाज रुपान्तरणमा बाधक बन्ने बताए । उनले जातीय छुवाछुत र विभेदलाई अन्त्य गर्न सबै लाग्नु पर्ने जोड दिए ।

सहभोज कार्यक्रमको आजोजना गरी जनता पार्टीले सामाजिक क्रान्तिको घोषणासमेत गरेको छ । पार्टीका केन्द्रयी सभापति रिजालले जारी गरेको सामाजिक घोषणामा उत्पीडित वर्गको सबैखाले ऋण मिनाहा गर्नुपर्ने, स्वइच्छाले धर्म परिवर्तन गर्न पाउनु पर्ने, जातीय प्रमाण पत्र खारेज गर्नुपर्ने, संविधानबाट बहुजातीय शव्द हटाउनु पर्ने माग गरिएको छ ।
कार्यक्रम पार्टीका उपसभापति गजबीर बोहोराको अध्यक्षता र केन्द्रीय सदस्य गोपाल वस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->