बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यस्तो छ विज्ञान प्रर्दशनी

यस्तो छ विज्ञान प्रर्दशनी


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७८, मंगलबार

बागलुङ/एउटा प्लाइउडको बोर्डभित्र आधुनिक सहर, फन पार्क, उद्योग, केबुलकार, चिया पसलदेखि खेल मैदान र सिंचाइ पोखरीसमेत बनाइएको छ । कृतिम भएपनि ती संरचना हेर्दा जीवन्त लाग्छन् । यो माध्यामिक तहमा पढ्ने दुई जना बालकले बनाएका हुन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले आयोजना गरेको विज्ञान मेलामा आएका रुद्रेपिपल माविका दुई बालकको कल्पनाले सिर्जेको यो आधुनिक सहर हो । नाङलीवाङ घर भएका गणेश रेग्मी र लंगाउँका केशव सुनार मिलेर विज्ञान मेलाकै आकर्षक सहर बनाएका हुन् । उनीहरुको सहरमा मेला महोत्सवको जस्तो पिङसमेत छ । साना साना मोटर, कार्टुन र कागज प्रयोग गरेर उनीहरुले यो सामग्री बनाएको बताए ।

नास्टले विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले सोमबार र मंगलबार प्रदर्शनीको आयोजना गरेको हो । बागलुङका ६, म्याग्दीका २ र पर्वतका २ गरी १० वटा विद्यालयले भाग लिने भनेपनि बागलुङकै कालिका कन्या मावि र धवलागिरि वीरेन्द्र माविले भाग लिएका छैनन् । ८ वटा विद्यालयले भाग लिएकोमा महत्वपूर्ण र धेरै लगानीसमेत गरिएको विज्ञान प्रविधिप्रति धेरैको रुचि रहेको थियो । ४ हजार रुपैयाँ खर्चेर बनाउँदा शिक्षकहरुले आफ्नै खुसीले बनाउन छुट दिएपछि उनीहरुले बागलुङ बजारलाई स्मार्ट बनाउन सकिने संभावनाबारे सोच राखेको रेग्मीले बताए ।

युट्युव हेरेर केही प्रविधिबारे जानकारी लिएपनि कुश्मा बलेवा यान्त्रिक पुलको अवधारणा पनि उनीहरुले मिलाएको बताए । बिद्यार्थीको मेहेनत देखेर छक्क परेको रुद्रेपीपलका प्रअ राजेश श्रेष्ठले बताए ।
त्यस्तै प्रर्दशनीमा विद्यामन्दिर माविका विद्यार्थीले पनि स्मार्ट सिटी र गाउँको फरक बनाएका छ् । बेनीको प्रकाश माविले सोलार सिस्टम, कुँडुले माविका विद्यार्थीले हाइड्रोलिक पुल, शिवालय माबि कुश्माले ज्वालामुखी बिष्फोट भएको देखाएका छन् । मेला दुइ दिनसम्म चल्ने बताइएको छ ।

मेला उद्घाटन कार्यक्रममा बागलुङ नगरप्रमुख जनकराज पौडेलले विद्यार्थीको प्रतिभा पहिचान गर्ने मेलाले हौसला पनि थपेको भन्दै यस्ता क्रियाकलाप बेलाबेला हुनुपर्ने धारणा राखे । कार्यक्रममा नास्टकी प्रवद्र्धन महाशाखा प्रमुख लुना बज्र, वैज्ञानिक माधवप्रसाद अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

मेलामा चारथरी क्रियाकलाप जोडिएको छ । बालबालिकाको बिज्ञान सामग्री प्रदर्शनी समाजका लागि विज्ञान शीर्षकमा कविता तथा वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, शिक्षकहरुलाई विज्ञान विषयमा दुई दिने तालिमसमेत हुनेछ । तालिमका लागि वैज्ञानिक माधवप्रसाद अधिकारीले सहजीकरण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->