बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रविधिले न्याय सम्पादनमा सजिलो

प्रविधिले न्याय सम्पादनमा सजिलो


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७८, मंगलबार

बागलुङ/चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा मात्रै उच्च अदालत पोखरा, बागलुङ इजलाशले २ सय ६५ मुद्दा फैसला ग¥यो । लक्ष्य राखिएको ३ सय २० मुद्दामध्ये फैसला भएका मुद्दाको संख्या हेर्दा ६९.१९ प्रतिशत मुद्दा आठ महिनामा फछ्यौट भएका छन् ।
साविकको पुनरावेदन अदालत र हालको उच्च अदालतको तथ्यांक हेर्दा यो दश वर्ष यताकै एकै बर्षमा सबै भन्दा धेरै मुद्दा फछ्यौट भएको तथ्यांक हो । आर्थिक वर्ष ०७४÷०७५ मा दर्ता भएका १४३ मध्ये ९६ मुद्दा फैसला भएका थिए । ०७५÷०७६ मा २७३ मध्ये १५१, आ.व. ०७६÷०७७ मा २७३ मध्ये १५५ र अ.व. ०७७÷०७८ मा २९८ मध्ये १३४ मुद्दा फछ्यौट भएका छन् ।

कोरोना महामारीका बीचमा पनि इजलाशले चालु आ.व.मा मुद्धा फछ्यौटमा प्रगति गरेको छ । कोरोना समयमा अनलाईन सुनुवाई सुरु गरेको इजलाशले अनलाईन प्रबिधिबाट सुनुवाई जारी राखेकै कारण पहिलोपटक यती धेरै मुद्दाको फैसला गर्न सकेको हो । ‘हामीले कोरोना महामारीका समयमा अनलाईन सुनुवाई सुरु गरेका थियौं, अन्य कार्यालयको प्रगति कोरोनाका कारण कम हुँदा हाम्रो प्रगति धेरै भएको छ’ उच्च अदालत पोखरा, बागलुङ इजलामा मुख्य भई काम गर्ने न्यायधिश द्वारिकामान जोशीले भने ‘अफ्ठेरो परिस्थितीमा पनि सहज हिसाबले काम गरेर जनतालाई न्याय दिएको भनेर इजलाशले सर्बोच्चबाट धन्यबाद पायो ।’

अदालतमा प्रबिधिको प्रयोग, मुद्दाको टुंगो लगाउनका लागि समय तालिका र न्यायधिश तथा कर्मचारीको काम गर्ने इच्छाशक्तिका कारण अदालतले सोँचेभन्दा बढी प्रगति गरेको उनले बताए । उनका अनुसार अहिले पनि जिल्ला बागलुङ, पर्वत, म्याग्दी र त्योभन्दा बाहिरका जिल्लामा रहेका वादी प्रतिबादीहरु अनलाईनमार्फन सुनुवाईमा सहभागि हुने गरेका छन् ।

आर्थिक अभावका कारण कानुनी उपचार नगराउनेहरुलाई समेत अनलाईन प्रबिधिले सहयोग गरेको उनले बताए । अदालतमा बैतनिक अधिबक्ताको व्यवस्था रहेकाले कोही कसैले पैसाको अभाव छभनेर अन्यायमा नबस्न उनले आग्रह गरे ।
उच्च अदालत पोखरा, बागलुङ इजलाशमा १८ महिना सयम पार गरेका कुनैपनि मुद्दा नरहेको रजिष्टार नेत्रप्रसाद भुसालले बताए । उनका अनुसार १ सय १८ मुद्दा मात्रै इजलाशमा फैसला हुन बाँकी छन् । सोमबार अदालतले पत्रकार अन्तरक्रिया गरेर आफ्ना गतिबिधि सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->