बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

निसीखोलामा पिकअप दुर्घटना, एमाले ढोरपाटन अध्यक्ष पौडेलको मृत्यु, एक गम्भीर घाईते

निसीखोलामा पिकअप दुर्घटना, एमाले ढोरपाटन अध्यक्ष पौडेलको मृत्यु, एक गम्भीर घाईते


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७८, मंगलबार

बागलुङ – बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एक जना गम्भिर घाईते भएका छन् ।

निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका-२ थारुखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमानै मृत्यु भएको हो । उनी नेकपा एमाले ढोरपाटन नगरकमिटिका अध्यक्ष हुन् । दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ बर्षिया ३८ बर्षिय सुरेश थापा गम्भिर घाईते भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको छ । घाईतेको उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याईंदै गरेको हवारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->