बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेपाल लेखक संघको राष्ट्रिय अधिवेशन पोखरामा हुने

नेपाल लेखक संघको राष्ट्रिय अधिवेशन पोखरामा हुने


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७८, बुधबार

नेपाल लेखक संघको राष्ट्रिय अधिवेशन पोखरामा हुने भएको छ । चैतको १८ र १९ गते पोखरामा हुने अधिवेशनका लागि देशभरबाट प्रतिनिधित्व हुुनेगरी २ सय ८४ जना स्रष्टाहरु पोखरा आउने भएका हुन् ।

संघको सातौं महाधिवेशनको उद्घाटनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास लामिछाने पोखरा आउने भएका छन् ।

बुधबार अधिवेशनबारे जानकारी दिदैँ सातौं राष्ट्रिय सम्मेलनका संयोजक डा. रत्नमणि नेपालले निर्वाचन गर्नेमात्र नभई स्रष्टाहरुका पुस्तक परिचर्चा तथा थप गतिविधि गर्न लागेको जानकारी दिए ।

वि.सं. २००८ सालमा वि.पीकोइरालाले स्थापित गरेका संघ हाल देशका ५७ जिल्लामा शाखाहरु रहेका छन् । संघले अधिवेशनमात्र नभई विभिन्न किसिमका कार्यक्रमहरु समेत गर्नेभएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->