बागलुङ/ बागलुङको नीखोला गाउँपालिका–५ मा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ का १९ बर्षिय डोरबहादुर घर्तीको भीरबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो निगालो खोज्न भीरमा गएका उनी भीरबाट लड्दा घाईते भएका थिए । उनको उपचारका क्रममा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक बिजय भण्डारीले जानकारी दिए । घाईते घर्तीलाई स्थानीयले बुर्तिबङ प्राथमिक स्वास्थय केन्द्रमा ल्याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि पोखरा लानेक्रममा उनको बाटोमा मृत्यु भएको हो । मृतक घर्तीको एक छोरा र श्रीमती रहेको बताइएको छ ।





