बागलुङ/मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आसन्न निर्वाचनमा मित्रवत प्रतिष्पर्धा गर्न दलहरुलाई आग्रह गरेका छन् । उनले गुणस्तीय स्वास्थ्य क्षिाकालागि प्रश्न गर्ने बेला आएको समेत बताए ।
पहाडीले नदी, हिमाल र प्राकृतिक सम्पदा दोहन र त्यसबाट सिर्जना भएका समस्या बारेमा समयमा सचेत बन्न पनि आग्रह गरे । उनले पछिल्लो समय पानीकालागि युद्द हुने खतरा भएको भन्दै नेपालका हिमाल, नदी र खोला बचाउनु पर्ने धारणा राखे ।
मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको हिमालय बचाउ, नदी जोगाउ बिषयक प्रवचन कार्यक्रममा बोल्दै पहाडीले शक्ति राष्ट्रहरुले पानीका श्रोतमा आँखा लगाएको टिप्पणी समेत गरे । नेपालका नदी र हिमाल दोहनका कारण फेरी अशान्ति फैलन सक्ने समेत उनको भनाइ छ ।
युद्दविरुद्ध शान्ति समाज निरन्तर लाग्ने भन्दै शान्ति प्रकृयाकालागि भने पसिना बगाउने उनको भनाइ छ । बिकासमुखी राजनीति, सेवामुखी प्रशासन र उद्यममुखी समाजकालागि निर्वाचन हुनुपर्ने जोड दिए । ‘संसारभर बिदेश नीति हेरेर मतदान गर्ने चलन छ, तर हामी नेतामुखी भोट दिंदैछौ’, उनले भने, ‘नेतामुखी भएकोले बिकास भन्दा भ्रष्टाचार बढेको हो ।’ उनले गुणस्तरीय स्वास्थ्य र बैज्ञानिक शिक्षा बिषयमा सबैको चासो बढ्नुपर्ने समेत बताए ।
अभियानको क्रममा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनाल, पूर्व अध्यक्षहरु होमकान्त चौलागाइ र उत्तम पुडासैनीले आणविक हतियार बिरुद्ध बोलेका थिए । जिल्ला शाखा सभापति हरिप्रसाद शर्माको अध्यक्षता, पूर्व सभापति राजेन्द्र पौडेलको स्वागत र सचिव निलप्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





