पोखरा/ गण्डकी प्रदेश सभामा हिउँदे अधिवेशन चलिरहेको छ । हिउँदे अधिवेशन चलिरहँदा ढोरपाटन दैनिकको चर्चा पनि भएको छ ।
ढोरपाटन दैनिकमा बिहिबार प्रकाशित समाचार ‘मन्त्री मनाङेले कर्मचारी पिटे !’ को चर्चा भएको छ । गण्डकी प्रदेश सभा सदस्य कृष्ण बहादुर थापाले गण्डकी प्रदेशको बारेमा पछिल्ला समय विभिन्न पत्रपत्रिकामा आइरहँदा गुण्डा राज हो की गठबन्धन राज हो प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘यहाँ अहिले मेरो हातमा एउटा पत्रिका छ ढोरपाटन दैनिक भन्ने र यहाँ हाम्रो सम्मानीय गण्डकी प्रदेश सरकारका एक जना मन्त्रीले कर्मचारीलाई पिटेको घाइते बनाएको आदि इत्यादि कुराहरु आइरहेको छ र म सभामुख ज्यु लाई भन्न चाहान्छु’ उनले भने ‘यो गुण्डा राज हो की गठबन्धन राज हो ? उलने सभामा घटनाको सत्य तथ्य आउनुपर्ने बताए ।




