शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

देशभर मौसम क्रमिक रूपमा सुधार हुँदैछ: मौसम विभाग

देशभर मौसम क्रमिक रूपमा सुधार हुँदैछ: मौसम विभाग

‘हाल काेसी, बागमती र मधेश प्रदेशमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको अवस्था छ। देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८३, शनिबार

काठमाडौं / नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको जनाएको छ।

आज शनिबार दिउँसो २:३३ बजे सूचना जारी गरी मौसम महाशाखाले देशभर मौसम क्रमश सुधार हुँदै गएको जानकारी दिएको हो।

महाशाखाकी मौसमविद् निष्ठा निरौलाले अर्नब चक्रवातको अवशेषको प्रभाव अब कम हुँदै गएको बताइन्।

‘यतिबेला कोसी र बागमती प्रदेशका केही स्थान र मधेस प्रदेशका एक-दुई स्थानमा मात्र पानी परिरहेको छ’, शनिबार दिउँसो उनले भनिन्।

मौसम महाशाखाको सूचनामा भनिएको छ, ‘हाल काेसी, बागमती र मधेश प्रदेशमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको अवस्था छ। देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।’

बंगालको खाडीमा विकसित अर्नब नामको शक्तिशाली चक्रवात भारत प्रवेश गर्ने क्रममा यसले नेपालमा पनि बिहीबार रातिदेखि लगातारजसो वर्षा तथा हिमपात गराइरहेको थियो। त्यसो त अहिलेसम्म पनि कतिपय स्थानमा वर्षा तथा हिमपात जारी छ।

अब भने यसको प्रभाव क्रमश: कमजोर बन्दै गएको र मौसम सुधारोन्मुख भएको मौसमविद्को भनाइ छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->