सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

८० अर्बको अमेरिकी अनुदान लिने सरकारको निर्णय

८० अर्बको अमेरिकी अनुदान लिने सरकारको निर्णय


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०७९, शुक्रबार

काठमाडौं\अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ ।
सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
३० चैत २०७८ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचाना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
त्यसैगरी विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ । यो एमससीसी बाहेकको छुट्टै अनुदान सहयोग हो । अमेरिकाले एमसीसीअन्र्तगत करिब ६० अर्बको अनुदान सहायता दिन लागेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->