बागलुङ/ पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्रेको काम गरिरहेको एक मेसिनमा आगलागी भएको छ । बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना १ क ३०४४ नम्बरको अलकत्रा छर्ने मेसिनमा आइतबार बिहान आगलागी भएको हो ।
कालोपत्रेका लागि अलकत्र र तताइएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको मेसिनका सहचालक टुप्पी नारायण तिमिल्सिनाले जानकारी दिए । मेसिनमा आगलागी भएपछि कालोपत्रेको काम रोकिएको छ । अमर माध्यामिक विद्यालय नजिकै कामकै शिलशिलमा रहेको मेसिनमा आगो लागेपछि मेसिन बस्तीदेखि टाढा पु¥याइएको थियो । चालकले जोखिम मोलेर गाउँ र विद्यालय बचाउन आगो लागेको मेसिन बस्तीदेखि टाढा पु¥याएको तिमिल्सिनाले बताए ।
स्थानीय सर्वसाधारण, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र श्री मेहर गणका सेनानी आशिष देवकोटाको नेतृत्वमा रहेका सैनिक टोलीले आगो नियन्त्रणमा लिएको थियो । उक्त मेसिन पूर्णरुपमा क्षतिग्रस्त भई करोडौंको क्षति भएको निर्माण व्यवसायीले बताएका छन् ।





