बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जैमिनीका उपप्रमुखसहित तीन जनाले दिए पदबाट राजीनामा

जैमिनीका उपप्रमुखसहित तीन जनाले दिए पदबाट राजीनामा


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७९, शुक्रबार

बागलुङ/ स्थानीय तहको निर्वाचनमा उमेद्वार बन्नका लागि बागलुङमा एक उपप्रमुखसहित तीन जनाले राजीनामा दिएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना, वडा नं. ७ का अध्यक्ष जीतबहादुर राना र बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले शुक्रबार राजीनामा दिएका हुन् ।

जैमिनीका उपप्रमुख लिला राना नेकपा एमालेबाट नगर प्रमुखमा सर्वसम्मत उमेद्वारका लागि सिफारिस भएका नेता हुन् । यसअघि भएको स्थानीय तहको निर्वाचमा राना उपप्रमुखमा बिजयी भएका थिए । निर्वाचन आयोगले उमेद्वार बन्नुपूर्व जनप्रतिनिधिबाट राजीनामा दिनैपर्ने बाध्यात्मक आचारसंहिता लागु गरेपछि उमेद्वारी दर्ता हुनुभन्दा दुई दिन पहिला रानाले राजीनामा दिएका हुन् । नगरप्रमुख इन्द्रराज पौडेललाई उनले राजिनामा बुझाएको बताए ।
त्यस्तै, जैमिनी–७ जैदीका वडाध्यक्ष जीत बहादुर रानाले पनि शुक्रबार नै राजीनामा दिएका छन् । वडाध्यक्षमा दोहोरिन नेपाली कांग्रेसबाट उमेद्वारको आकांक्षी रहेका रानाले राजीनामा दिएका हुन् । उनले यसअघिको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उमेद्वार बनेर जीत हाँसिल गरेका थिए । यद्दपी बागलुङमा पाँच दलीय गठबन्धनको भागबण्डा टुंगो नलागेकाले उनी उमेद्वार बन्न पाउने नपाउने विषयमा भने टुंगो लागेको छैन् । जैमिनी–७ जनाधारका हिसाबले नेपाली कांग्रेस बलियो रहेको वडा हो । रानाले पनि नगरप्रमुख पौडेललाई राजीनामा पत्र बुझाएका छन् ।

बागलुङ नगरपालिका–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले पदबाट राजिनामा दिएका छन् । गौतमले नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीमार्फत नगरप्रमुख जनकराज पौडेलललाई आफ्नो पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा उनको पार्टी नेपाली काँग्रेसले पुनः वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरेसँगै गौतमले राजिनामा दिएका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जनताको चाहना अनुसार पार्टीले पनि आफुलाई पुनः उम्मेदवारीको रुपमा सिफारिस गरेको हुँदा पदिय दायित्वबाट राजिनामा दिएको गौतमले बताए । उनले वडा नं. ११ पुन वडा अध्यक्षका लागि अन्य राजनीतिक दल र आफ्नै पार्टीभित्र सर्वसम्मतको प्रयास भएको र चुनावी कार्यक्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->