बागलुङ/खेतबारीको काम गर्दैगर्दा लडेर टाउको र खुट्टामा गम्भिर समस्या भएकी बागलुङ नगरपालिका–१३ पैञ्युपाटाकी एक महिलालाई बलेवा सेवा समाज जापानले उपचार खर्च सहयोग गरेको छ । पैयूपाटाको काभ्रेडाँडाकी गुमाकली रिजालको उपचारका लागि समाजले आर्थिक सहयोग गरेको हो ।
उनको टाउँको र खुट्टामा समस्या भएपछि मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । मध्यम परिवारकी रिजालको उपचारमा खर्च अभाव भएपछि परिवारले सहयोगको याचना गरेको थियो । बलेवा सेवा समाजले सञ्चालन गरेको अभियानबाट संकलित ८१ हजार १ सय रूपैया पीडितका छोरा प्रकाश रिजाललाई समाजका अध्यक्ष बिमल रिजालले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण गर्दै बलेवा सेवा समाज जापानका अध्यक्ष बिमल रिजालले पीडित बिरामी रिजालको सहयोगमा जुट्ने सबैलाई धन्यवाद दिए । ‘बलेवामा पर्ने जुन सुकै दुःखमा हामी साथमा छौं’ उनले भने ‘उपचार खर्च जुटाउन चलाईएको अभियानमा स्वस्फुर्त जम्मा भएको रकम हामीले हस्तान्तरण गरेका हौं ।’





