पोखरा/ एमालेले पोखरा महागनरको घोषणापत्र सार्वजनिक गरेको छ । यसअघि एमालेकै मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले नेतृत्व गरेको महानगरलाई सुशासनको नमूना बनाउने प्रतिवद्धता जनाएको छ ।
यसपटक एमालले पोखराको मेयरमा पूर्वमेयर कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई दोहो¥याएर उम्मेदवार बनाएको छ । ‘हाम्रो अभिभारा ःस्वच्छ सुन्दर पोखरा, श्रम सीप जुटाऔं,पोखरालाई उठाऔं’ भन्ने नारासहितको घोषणापत्रमा पोखरामा मोनोरेल र मेट्रोरेलको सम्भाव्यता अध्ययन गरी काम सुरु गर्ने घोषणा गरिएको छ । यसअघिका मेयरको घोषणापत्रमा पनि यो विषय उल्लेख थियो । त्यसैगरी, बिजुलीका तारहरु भूमिगत बनाउने,चक्रपथ निर्माण, स्याङ्जाको पौवेगौंडेदेखि पोखराको छोरेपाटनसम्म भूमिगत मार्गलगायतका परियोजनाहरु पनि प्रतिवद्धतापत्रमा समेटिएका छन् ।
‘एक घर : एक स्नातक’ को अवधारणा अघि सारेको एमालेले सामाजिक सुरक्षालगायतका क्षेत्रमा पनि महत्वाकांक्षी योजना अघि सारेको छ ।
अर्को चुनाव लड्दिँन : कृष्ण थापा
एमालेको तर्फबाट पोखराका मेयरका उम्मेदवार कृष्ण थापाले यो चुनाव आफ्नो अन्तिम चुनाव भएको घोषणा गरेका छन् । चुनावी प्रतिवद्दतापत्र सार्वजनिक कार्यक्रममा उनले सो घोषणा गरेका हुन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपस्थित कार्यक्रममा उनले आफू विजयी भए महानगरबाट पाउने सेवा र सुविधा नलिने घोषणा गरे । भ्रष्टाचारविरुद्धकामे अभियान चाल्ने बताए ।
‘चुनाव लड्न गाह्रो हुँदै गएको छ ,मेरो चुनाव अन्तिम चुनाव हुनेछ र अब चुनाव लड्ने छैन’,उनले भने, २०३८ सालदेखि अखिलमा संगठित भएर सुरु गरेको राजनीतिक जीवन यो कार्यकालपछि अन्त्य गर्दछु । म अस्पतालको जागिर छाडेर पार्टीमा लागेको हो, ३ महिना बिदा लिएर अमेरिका गएको बाहेक मैले सधैँ पार्टीको काम गरेको छु ।सबै कुरा पार्टीलाई दिएको छु,अब मसँग मेरा शरीरका अंगहरुमात्रै छन् र यी अंगहरु पनि म दान दिने घोषणा गर्दछु ।’
उनले यसअघिका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले गरेका राम्रा कामलाई संरक्षण गर्दै अधुरा कामलाई पूर्णता दिने र मानबहादुर जिसीको पदचापलाई पच्छ््याउने प्रतिवद्दता व्यक्त गरे । उनले घोषणापत्रलाई जस्ताकोतस्तै इमान्दारीतापूर्वक कार्यान्वनय गर्ने प्रतिवद्दता पनि जनाए ।
‘हामी पोखराको अनुहार फेर्न चाहन्छौँ, २०५४ सालदेखि ५९ सम्मको अनुभव छ, कर्मचारी चिन्न मलाई एक वर्ष लाग्नेछैन’,उनले भने,‘म जनताको सेवामा पहिलो दिनदेखि नै लाग्नेछु । शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको विकास गर्दै पोखरालाई अन्तर्राष्ट्रिय सहरको रुपमा विकास गर्नेछु ।’ उनले न्यूनतम १५ देखि २० र बढीमा २५ हजार मतले चुनाव जित्ने जिकिर पनि गरे ।
पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उपमेयर नचाहेकी तर उम्मेदवार बनाइएकी मञ्जुदेवी गुरुङले पुनः पार्टीले आफूलाई उपमेयरको उम्मेदवारको जिम्मेवारी दिएकोमा केन्द्रीय कमिटीलाई धन्यवाद दिइन् । उनले भनिन्,‘हाम्रो पार्टी सत्य र विकासको पक्षमा छ र हाम्रो जित निश्चित छ । धेरै काम भएका छन्, कति पूरा भएका छन्, कति पूरा हुँदैछन् र कति गर्नुपर्नेछ । पूरा नभएका काम पूरा गर्न र पार्टीको घोषणापत्र अक्षरशः पालना गर्न प्रतिवद्ध छु ।’उनले आफू उपमेयर हुँदा महागनरले विकास निर्माणमा उल्लेखनीय काम गरेको जिकिर गर्दै सुरुका २ वर्ष थिति बसाल्न र त्यसपछिका वर्षहरुमा कोभिडका कारण सोचेजस्तो काम हुन नसकेको जिकिर गरिन् । ‘ऐन कानून बनेको थिएन, ५ महिनापछि बल्ल स्थानीय तह संचालनमा आयो । दक्ष कर्मचारी थिएनन्, समायोजनको कुरा थियो । तेस्रो वर्ष कोभिड आयो । कोभिडबाट सुरक्षाको लागि धेरै काम ग¥यौँ’,उनले भनिन्,‘शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा धेरै काम गरेका छौँ । न्यायिक समितिको बारे धेरै भन्नै पर्दैन ।’
महानगरका सचिव जीवन आचार्यले भने, हिजो हामीले घोषणापत्र ल्याएका थियौँ, यो पटक प्रतिवद्दतापत्र लिएर आएका छौँ । प्रतिवद्दताहरु पूरा गर्छौँ ।’





