बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

निसीखोलामा भीरबाट लडेर एक पुरुषको मृत्यु

निसीखोलामा भीरबाट लडेर एक पुरुषको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७९, आइतबार

बागलुङ/ बागलुङको निसीखोलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ बर्षिय डिलमणी थापाको आईतबार (आज) दिउँसो भीरबाट लडेर मृत्यु भएको हो ।
घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जंगलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भीरबाट लडेका थिए । उनलाई तत्काल उद्दार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नीरिक्षक राजाराम खड्काले जानकारी दिए ।

थपाको टाउकोमा गहिरो चोट लागेको थियो । उनको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याईएको छ । थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खसेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->