मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

वडा सदस्यका सबै उम्मेदवार महिला !

वडा सदस्यका सबै उम्मेदवार महिला !


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७९, सोमबार

बागलुङ/ स्थानीय तहको निर्वाचनका लागि बागलुङका ८५ वटै वडामा विभिन्न दलले उम्मेद्वारी दिएका छन् । दलहरुले दिएका उम्मेद्वारी र स्वतन्त्रसमेत हेर्दा महिलाको सहभागिता अनिवार्य गरिएको बाहेक निकै कम देखिन्छ ।
बागलुङको बडिगाड गाउँपालिकाको एक वडामा भने नेकपा एमालेले सबै वडा सदस्यमा महिलालाई उम्मेद्वार बनाएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा १ मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था भएपनि गठबन्धनका कारण जिल्लामा महिलाहरु उम्मेदवारी दिनबाटै वञ्चित भए ।

तर, बडिगाड गाउँपालिका २, खर्बाङमा एमालेका उम्मेद्वार निर्वाचित भए भने वडा हाँक्ने जिम्मेवारी सबै महिलाको काँधमा जाने छ । कानुनको छिद्र खोजेर महिलाको ठाउँमा समेत पुरुषहरु उम्मेद्वार बनाउनेहरुका लागि यो गतिलो पाठ हो ।

नेकपा एमालेको तर्फबाट अध्यक्षमा ढालप्रसाद शेरचनसहित चारैजना महिलाले सदस्य पदमा उमेदवारी दिएका छन् । खर्बाङमा शेरचनसहित कांग्रेसको तर्फबाट डिलबहादुर राना र मंगोल नेसनल अर्गनाइजेसनको तर्फबाट विजय श्रीसले उमेदवारी दिएका हुन । यसअघि वडा अध्यक्षकै जिम्मेवारीमा रहेको ढालप्रसाद शेरचनले आफूले अघिल्लो कार्यकालमा गर्न बाँकी रहेका काम पुरा गर्न यो पटक पनि उमेदवारी दिएको बताए ।

‘महिलाका विभिन्न समस्या, माग र चाँहाना महिलाले मात्र बुझ्न सक्ने भएकोले उनीहरुको प्रतिनिधित्व गर्दै मैले उमेदवारी दिएकी हँु,’ महिला सदस्य विष्णु माया आर्यालले भनिन् । उनले आफू निवार्चित भएपछि महिलालाई आयआर्जन र स्वरोजगार बनाउन विशेष पहल गर्ने बताईन् । यस्तै, दलित महिला सदस्य प्रेमकली विकले भनिन् ‘दलितहरुको हकहितसंगै गैरदलितले जस्तै समाज विकाशमा दलितले पनि योगदान गर्न सक्नछन् भन्ने देखाउन उमेदवारी दिएकी हुँ ।’
‘विभिन्न संस्था तथा समुहमा केही पदमा भएपनि महिला खोज्न थालिएको भएपनि दलितहरुलाई अझैपनि विकल्पमा राख्ने गरेका छन्,’ उनले अघि भनिन्, ‘दलित पनि सचेत र शिक्षितसंगै विकासका काम गर्न तयार छन भन्नको लागि नै मेरो उमेदवारी हो ।’

बडिगाड गाँउपालिकाको अन्य वडामा भन्दा वडा नं. २ मा विशेषगरी अल्पसंख्यक राना समुदायको बसोबास रहेको छ । जसबाट सरस्वती रानाले पनि खुल्ला सदस्यमा उमेदवारी दिएकी छन्भने खुल्ला सदस्यबाटै थुमा सापकोटाको पनि उमेदवारी रहेको छ ।

महिलालाई नेतृत्व तहमा पु¥याउन र महिलाले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् भन्ने कुराको विश्वास दिलाउन एमालेले सदस्य पदमा सबै महिला नेतृलाई छनोट गरेकोे वडा कमिटि अध्यक्ष खगिश्वर आर्यालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->