मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

टेसा पोखराको वार्षिक साधारणसभा

टेसा पोखराको वार्षिक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७९, मंगलबार

पोखरा/ ट्रेकिङ इक्युपमेन्ट्स सप एशोसिएसन(टेसा) पोखराको २४ औं वार्षिक साधारणसभा पोखरा महानगरपालिका वडा नं २५ हेमजा सुइखेतस्थित रिभर भ्याली रिसोर्टमा सम्पन्न भएको छ ।

साधारणसभामा टेसा आवद्ध पर्यटन व्यवसायी, विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका अध्यक्ष एवम् पदाधिकारीको सहभागिता थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि तीनवटै तहका सरकारको सहयोगी भूमिका अपरिहार्य भएको बताए । कोरोना प्रभावित पर्यटन व्यवसायमा कर्जा सहयोग लगायतका विषयमा बैङ्किग क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको उनले बताए । पर्यटनको पूर्नजागरणका लागि पोखरा एडभान्चर मार्ट आवश्यक भएपनि त्यसलाई विभिन्न बाहनामा सार्न खोजिएको उनले सुनाए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले पर्यटनको विकासमा पर्यटनसम्बद्ध संघसंस्थासँग सहकार्य गर्दै बोर्ड अघि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रमका अध्यक्ष एवम् टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले पोखराको पर्यटकीय गतिविधि बढाउनका लागि टेसाले आफ्ना तर्फबाट निरन्तर साथ र सहयोग गर्दै आएको बताए । नो भ्याक्सिन नो टुरिजमको नारालाई प्रभावकारी रुपमा अघि सारेसँगै पर्यटन व्यवसायीले प्राथमिकताका साथ कोराना भ्याक्सिन लगाउन पाएको उहाँले स्मरण गरे ।

टेसा पोखराका सचिव टीकाबहादुर लम्सालको सञ्चालन एवं उपाध्यक्ष प्रमोद भण्डारीले स्वागत गरेको साधारणसभाको बन्दसत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->