बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुहार फेरेको बडिगाड

मुहार फेरेको बडिगाड


  • अनिष पाठक
  • बैशाख २२ २०७९, बिहिबार

बागलुङ/ पाँच वर्षअघिसम्म सवारी साधन भेट्न पाँच घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समीर पुन अहिले आफ्नै दौलोबाट सवारी चढ्छन् । बागलुङको वडिगाड गाउँपालिका ३, सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन् ।

सिसाखानीमा पुगेको सडकले समिर र उनका गाउँलेहरुलाई निकै सघाएको छ । सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ । कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँलेहरु खुशी छन् । मानिसहरु ओहोरदोहोरका लागि मात्रै होइन यहाँका सर्वसाधारणले खाद्यान्न लगायतका सामग्री गाउँ पु¥याउन निकै लामो समय सास्ती खेपे ।

घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य समान पु¥याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्याक्टरबाट सामान झार्छन् । ‘मुल्य सस्तो, समयको बचत, सडक आएपछि त निकै सजिलो भएको छ,’ पुनले भने, ‘यति छिट्टै सडक आउला भनेर सोचिएकै थिएन ।’

वडिगाड गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिलाई जोडेर बनेको हो । साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भुगोल रहेको बडिगाड ओझेलमा परेको थियो । स्थानीय तह गठबनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्चालको विकास निकै छोटो समयमा भएको स्थानीयको बुझाइ छ ।

वडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङ लगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको छ । सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि संचालनमा सहजता हुने भएकाले पालिकाको दशवटै वडा केन्द्रसंगै पालिका र केन्द्रसंगको सडक संजाल जोडिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए ।

वडिगाडले पाँच वर्षमा १२ वटा झलुंगेपुल निर्माण गरेको छ । खोलानाला धेरै रहेको गाउँपालिकामा ४ वटा झोलुंगेपुल त अझै निर्माणाधिन अवस्थामा रहेका छन् । ‘पहिलेको विकट गाविस हाम्रो अहिले मुहार फेरेको छ’ स्थानीय समिर पुनले भने ‘यातायात, स्वास्थ र अन्य पूर्वाधारका क्षेत्रमा पनि सहज भएको महशुस गरेका छौं ।’

गाउँपालिकाले झन्डै ६ करोड लागतमा निमार्णको अन्तिम चरणमा रहेको सुविधा सम्पन्न पालिकाको प्रशासकिय भवनदेखि १८ करोडको लागतमा प्राथमिक आधारभूत अस्पताल बडिगाडमा निमार्णको चरणमा छ ।
गाउँपालिकाले ७ वटा वडा कार्यालय भवन, ५ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको अध्यक्ष पाइजाले बताए । ‘हामीले ठूला योजना र आधारभुत तहका जनताको आवश्यकतालाई समान हिसाबले अघि बढायौं,’ पाईजाले भने, ‘दीगो विकासको आधार तयार भएका छन् ।’ खानेपानीको चरम समस्या रहेको वडिगाडका वडाहरुमा चार हजार बढी धारा निर्माण भएका छन् । अहिलेकै अवस्थामा काम भए बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थासँगको सहकार्यमा २०८० सम्ममा सबैका घरमा धारा पुग्ने अध्यक्ष पाईजा बताउँछन् ।

‘विकासले हाम्रो उठिबास लगायो, तर गाउँपालिकाको साथले हामीले बास पाएका छौं’ वडिगाड गाउँपालिका–९ की बाटुली बिकले भनिन् ‘सडक निर्माण गर्दा जोखिममा परेको हाम्रो गाउँ र घर अर्को ठाउँमा सरेको छ, अहिले ढुक्क छ ।’ गाउँमा सकड, खानेपानी, स्वासथ्य संस्था पुगेपछि सर्वसाधारणमा खुसी छाएको छ ।

‘गाउँपालिकाले पाँच वर्षमा मुहार फेरेको महशुस मैले गरेको छु,’ अध्यक्ष पाइजा भने, ‘तर काम भए भएनन्, जनताले के कति सुविधा पाएका छन् भनेर उनीहरुले नै भन्ने कुरा हो,’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->