मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

जोशीलाई धरौटीमा छोड्ने आदेश माग

जोशीलाई धरौटीमा छोड्ने आदेश माग


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७९, शुक्रबार

पोखरा/ उच्च अदालत पोखराले नाबालिग बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदनसँगै उनका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने आदेश पनि एकसाथ पेश गर्ने गरी आदेश दिएको छ ।
जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै दुई निवेदन दिएका थिए । उक्त निवेदनउपर उच्च अदालतले बैशाख १५ मा ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश दिएको थियो ।

बिहीबार उक्त निवेशनसँगै जोशीलाई एक लाख रुपैयाँ धरौतीमा छाड्न जिल्ला अदालतले दिएको आदेश पनि सँगै मागेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेल जानकारी दिए । ‘कृष्ण जोशीलाई पहिले तनहुँले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध सरकारी वकिलले उच्चमा निवेदन दिएका थिए,’ उनले भने, ‘अहिले त्यो आदेश पनि सँगै राखेर हेर्न आदेश जारी भएको छ । अरु त्यस्तो केही भएन ।’ उनले भने ।

जिल्ला अदालत तनहुँले चैत १० गते पल शाहलाई पुर्पुक्षका लागि थुनामा र उनका सहयोगी जोशीलाई धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पल शाह चैत १५ गते उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->