मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मतदान केन्द्रका स्कुलमा विद्यार्थीलाई निषेध !

मतदान केन्द्रका स्कुलमा विद्यार्थीलाई निषेध !


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७९, शुक्रबार

पोखरा/ स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार निर्देशन दिइएको केन्द्रले पत्रमा उल्लेख गरेको छ । केन्द्रले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन भनेको हो ।

त्यस अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्दतीबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले पत्रमा स्थानीय तहहरुलाई पत्रानुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->