बागलुङ/जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्मा उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा उनलाई पुरस्कृत गरेको हो । शर्मासँगै देशभरबाट वर्षभरि सूचना प्रदान गर्ने क्षेत्रमा उत्कृष्ट काम गरेका पाँच जना कर्मचारी पुरस्कृत भएका हुन् ।
शर्मा लामो समय स्थानीय निकायमा काम गरेर स्थानीय तहको कार्यान्वयनपछि जिल्ला समन्वय समिति बागलुङमा कार्यरत छन् । बागलुङको जैमिनी–१ कुश्मीशेरा घर भएका आचार्यले लामो समय कुश्मीशेरा गाविस, जैमिनीको कार्यालयहुँदै केही वर्षयता जिल्ला समन्वय समितिको सूचना अधिकारीको रुपमा काम गर्दै आएका छन् ।





