मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कालिका समाज कास्कीको साधारण सभा

कालिका समाज कास्कीको साधारण सभा


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७९, सोमबार

पोखरा/ कालिका समाज कास्कीको तेस्रो सधारण सभा पोखरामा भएको छ । विशेष गरी साविकको कालिका गाविस स्थायी घर भई पोखरामा विभिन्न पेशा व्यवसायमा आवद्धहरु मिलेर थापना गरेको समाजको तेस्रो साधारण सभाको एक कार्यक्रममा बीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरेका हुन् । गाविस महानगरमा गाभिएपछि अहिले पोखरा २८ लाई समाजको कार्यक्षेत्रमा समेटिएको छ ।

कार्यक्रममा जिसीले समाजले कालिकाको आर्थिक, भौतिक र मानवीय विकासमा भूमिका खेल्नुपर्ने बताए । उनले समाजले आगामी दिनमा रचनात्मक र सिर्जनात्मक काम गर्न सकेको भन्ने शुभकामना दिए ।
कार्यक्रममा संस्थाका सदस्य शान्ता खत्रीले विद्यावारिधी गरेकोमा र अर्का सदस्य बैनबहादुर क्षत्री नेकपा एमाले कास्कीको सचिव निर्वाचित भएकोमा बधाइ ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष नरेश पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षत्री, वडा नम्बर २८ का अध्यक्ष निर्मल दियाली, संस्थाका सल्लाहकार होममणि भण्डारी, उपाध्यक्ष राजेश घिमिरे र सचिव शुक्रराज अधिकारीले संस्थाबारे बालेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->