बागलुङ/ बागलुङको काठेखोला गाउँपालीकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तंग्रामका ५५ वर्षीय जग बहादुर किसानको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको हो । हिजो (शनिवार)देखि सम्र्पकविहिन भएका किसान खोजतलासको क्रममा आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिए । मादक पदार्थ सेवन गरेर हिड्नेक्रममा लडेर मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





