मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अपाङ्गता पुनस्र्थापनाबारे अभिमुखीकरण

अपाङ्गता पुनस्र्थापनाबारे अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७९, बिहिबार

पोखरा/ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोर्खा र कास्कीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाका प्रतिनिधिहरुलाई स्वास्थ्य र पुनःस्थापनासम्बन्धी अभिमुखीकरण गरिएको छ ।

अपाङ्गता भइका व्यक्तिहरुको स्वास्थसम्बन्धी पुनःस्थापना सेवालाई स्थानीय तहमै सहज र एकीकृत गर्न गर्नुपर्ने वकालत गर्नको लागि उनीहरुलाई बिभिन्न विषयमा क्षमता विकास गर्नु कार्यक्रमको उदेश्य थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका कार्यक्रम अधिकृत निरज गिरिले अपाङ्गताको अवधारणा, परिभाषा र वर्गिकरणका साथै अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्वन्धी पुनःस्थापना सेवाका सम्वन्धमा वनेका कानूनहरुको विषयमा सहजीकरण गरेका थिए भने थियो भने संघका अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि आवश्यक पर्ने पुनःस्थापना सेवाहरू बारे जानकारी गराएका थिए । यस्तै गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्वन्धी पुनस्र्थापना कार्यक्रममा काम गरिरहेका प्रदेश परियोजना अधिकृत सूर्यप्रसाद भट्टराईले स्वास्थ्यसम्बन्धित पुनस्र्थापना सेवाको परिचय, अवधारणा तथा प्रकारहरु, सेवाको समस्याको विश्लेषणलगायतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष अन्जना केसीले वकालत कसरी गर्ने, संघका सदस्य हेम गुरुङ्ले सहायक सामग्रीको उपलव्धता र पा्रप्त गर्ने देखिएक समस्याहरुबारे सहजीकरण गरेका थिए भने वौद्धिक अभिभावक संघका केन्द्रीय महासचिव रामनारायण श्रष्ठले स्थानिय तहहरुको बजेट निर्माण र त्यसमा हाम्रो भुमिकाका विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->