पर्वत/ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् ।
बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ। केही घाइतेलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । घाइते सबैलाई उपचारका लागि पर्वत अस्पतालमा लगिएकोमा अवस्था गम्भीर रहेकाले पोखरा पठाइसकिएको र अन्य घाइतेको पनि परीक्षण र उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेहरूको पहिचान खुली नसकेको इन्स्पेक्टर अधिकारीले बताए ।
ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।





