मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

तमु धिंको ३७ औं स्थापना दिवस

तमु धिंको ३७ औं स्थापना दिवस


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७९, शुक्रबार

पोखरा/ गुरुङ समुदायको पुरानो, अग्रणी सामाजिक संस्था तमु धिं नेपालले ३७ औं स्थापना दिवस मनाएको छ ।

विसं. २०४२ सालको जेठ ५ गते स्थापित तमु धिं नेपालले पोखरा ९ नयाँबजारस्थित तमु धिंमा शुभकामना आदानप्रदानसँगै तमु धिं नेपालको नवनिर्मित बैठककक्षको उद्घाटन गर्दै स्थापना दिवस मनाएको हो । प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले बैठक कक्षको उद्घाटन गरिन् । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->