मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पल शाहको सुनुवाई स्थगित

पल शाहको सुनुवाई स्थगित


  • Dhorpatan News
  • जेष्ठ ६ २०७९, शुक्रबार

पोखरा/ पूर्णविक्रम शाह ‘पल’ को उच्च अदालत पोखरामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जबर्जस्ती करणी आरोपमा पक्राउ परेका शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा बिहीबार सुनुवाइ गर्ने कार्यतालिका थियो ।

अब पेशी अर्को बिहीबारका लागि तोकिएको उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले जानकारी दिए । ‘आज सुनुवाइ स्थगित भएको छ । उहाँ (पल शाह)कै वकिलहरुले सुनुवाइ हटाउनुभयो’, उनले भने, ‘अब अर्को पेशी अर्को बिहीबार हुन्छ ।’ उक्त मुद्दा न्यायधीशद्वय डिल्लीराम आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलाशमा थियो ।

नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए । उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए । यता, धरौटीमा छोड्न दिइएको आदेशविरुद्ध पनि सरकारी वकिल उच्च अदालत पोखरामा निवेदन दिएका थिए । ती सबै निवदेन उपर उच्च अदालत पोखराले २२ वैशाखमा कृष्ण जोशीलाई छोड्ने आदेश माग गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->