बागलुङ/ धौलागिरी अस्पताल बागलुङमा पहिलो पटक दुरबिन प्रबिधिबाट सफल शल्यकृया गरिएको छ । यो प्रबिधिको प्रयोग गरेर बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ बर्षिया महिलाको अण्डकोषमा जमेको पानी निकालिएको हो ।
अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको समुहले उक्त शल्याकृया गरेको हो । साविकको धौलागिरीमा रहेका अस्पतालहरुमा यो प्रबिधि प्रयोगमा थिएन् । पहिलो प्रयासनै सफल भएपछि अब दुरविन प्रबिधिबाट शल्याकृया गर्ने काममा हौसला मिल्ले डा. आचार्यले बताए । शल्यकृया गरेकी महिलाको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ‘दुरबिन प्रबिधिको प्रयोग गरेर शल्यकृया गर्दा पेटमा ठुलो घाउ पार्नुपर्दैन’आचार्यले भने ‘बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कमहुने हुन्छ ।’ समयका हिसावले समय यो प्रबिधिको प्रयोग छिटो छरितो हुने उनले जानकारी दिए ।
शल्याकृयामा डा. केशव आचार्य, डा. सजिन कुँवर, डा. प्रज्वल पौडेल, डा. गणेश वन र नर्स शर्मिला शर्माको समुह सहभागि थियो । ‘हामी ढुक्क भएर काम गरेका थियौं, बिरामी जोखिममा थिएन्’ आचार्यले भने ‘नयाँ प्रबिधि भएकाले यो
पहिलो प्रयास जोखिम पूर्ण हुनेनै भयो ।’ यो प्रबिधिको सुरुवात सँगै समान्य र जटिल सबै खालका शल्यकृयामा सहयोगी बन्ने उनले बताए । धौलागिरि अस्पतालबाटै यो सेवा सुरु भएकाले बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई पोखरा काठमाण्डौ जाने झण्झट कम भएको छ ।





