मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

चट्याङले लागेर एकको मृत्यु, तीन जना घाईते

चट्याङले लागेर एकको मृत्यु, तीन जना घाईते


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७९, आइतबार

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका– ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको चट्याङले लागेर मृत्यु भएको छ ।

चट्याङ्ले लागेका विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याएँदै गर्दा बाटोमा मृत्यु भएको हो । उपचारका लागि अस्पताल पु¥याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी घाइते भएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको भनाई छ । घाइते सबैको मुखबाट रगत बगेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पा स्थित मिसन अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ । आइतबार दिउसो तीन बजे स्थानीय काली प्रसाद विक र पुणराम कामीको घरमा चट्याङ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->