सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

बाकसभित्र भोट हराएको भन्दै पोखरा १८ र ३१ मा पुनः मतगणनाको माग

बाकसभित्र भोट हराएको भन्दै पोखरा १८ र ३१ मा पुनः मतगणनाको माग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७९, मंगलबार

पोखरा – पोखरा महानगरपालिकाको दुईवटा वडाको मतगणनामा धाँधली गरेर भोट हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । एमाले महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको र बाकसभित्रै भोट हराएको आरोप लगाउँदै पुनः मतगणनाका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

न्यौपानेले पोखरा महानगरपालिका वडा नम्बर १८ को ९ भोट र ३१ को ३ भोट बाकसबाटै हराएको आरोप लगाए । ‘मतगणनाको क्रममा बाकसभित्र हुनुपर्ने संख्यामा मतपत्र भएन । हामीलाई गम्भीर आशंका के भयो भने वडा नम्बर १८ को ९ वटा र बडा नम्बर ३१ को ३ मतचाहिँ मतगणनाका क्रममा तलमाथि भयो ।’

निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको निवेदन दिएपछि उनले पत्रकारसंग भने, ‘त्यसकारण पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो । यो वडा नम्बर १८ र ३१ को कुरा हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->