मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७९, बुधबार

बागलुङ/ वैदेशिक रोजगारी ठगी कसुरमा सजाएँ सुनाईएका यहाँ एक पुरुषलाई प्रहरी दुई बर्ष पछि पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ बर्षिय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । उनलाई वैदेशिक रोजगारी ठगि कसुरमा वैदेशिक रोजगार न्यायाधिकरण इजलाश काठमाण्डौले दुई बर्ष पहिले सजाएँ सुनाएको थियो ।

शर्मालाई एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो । सोही दिनदेखि शर्मा फरार थिए । फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै पक्राउ गरी जिल्ला अदालत बागलुङमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->