बागलुङ/बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाको एक घरमा आगलागी भएको छ । गत राती बिद्युत सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो । आगलागीबाट गौतमको घर पुर्ण नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा, खाद्याान्न, नगद र सुनचाँदी समेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलाी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए । राती ९ बजेदेखि सुरुभएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो ।
आगलागी लगत्तै प्रहरीलाई खवर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयको सहायतामा आगो नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । आगलागीबाट एक घर पुर्ण रुपमा जलेको छभने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको बिवरण संकलन भैरहेको रानाले बताए ।





